महिला हिंसा न्यूनीकरण र आर्थिक सशक्तिकरणमा बैंकको भूमिका विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौँ । महिला हिंसा न्यूनीकरणका लागी आर्थिक सशक्तिकरणमा बैंकको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिहिबार राजधानी काठमाडौंमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा सहयात्री फाउण्डेशनले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली मिडियाहरुमा कार्यरत महिला पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महिला हिंसा न्यूनीकरणका लागी आर्थिक सशक्तिकरणमा बैंकको भूमिकाको विषयमा जानकारी दिईएको थियो । त्यस्तै सेल्फ डिफेन्स संघ नेपालकी अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक राधिका हमालले महिलाहरुका लागी आत्मरक्षा तालिम सेल्फ डिफेन्स किन आवश्यक छ भन्ने विषयमा जानकारी दिएकी थिइन् ।

नविल बैंकको सहयोगमा सहयात्री फाउण्डेशनले आयोजना गरेको उक्त कार्यक्रममा सेल्फ डिफेन्स संघ नेपालले सहकार्य गरेको थियो ।

प्रतिक्रिया