समिक्षाको आवाजमा गीतीकथा ‘जुनेली’

काठमाडौं । गायिका समिक्षा अधिकारीको आवाजमा ‘जुनेली’ नामक गीतीकथाको भिडियो सार्वजनिक भएको छ । गायिका अधिकारीको एकल आवाजमा रहेको गीतीकथा १७ मिनेटको छ ।

कथामा बगाइएको कारण गीतको अडियो र भिडिओ उत्कृष्ट बनेको गायिका समिक्षाले सुनाइन् । गीतमा गोविन्द भट्टका शब्द छन् । गोविन्दले लेखेका शब्द र बाबुल गिरीले भरेको संगीतले मिठास भरेको छ । त्यसमाथी समिक्षाको आवाजले गीतलाई आनन्दीत बनाएको छ ।

भिडिओमा लोकप्रिय कलाकार प्रेम सुब्बा, कविता आले, सुवास गजुरेल, गोविन्द भट्ट, रिना गुरुङ र जासा घलेले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । देवेन्द्रको निर्देशकिय कलाले भिडियो राम्रो बनेको देख्न सकिन्छ ।

उनले भिडियोको बिचबिचमा प्रयोग गरेको गीतले भिडिओ अझ मिठास हुन गएको छ । भिडिओलाई साहिल खानले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर गरेका छन् । यस्तै भिडिओमा ब्याकग्राउण्ड म्युजिकको काम शैलेस श्रेष्ठले गरेका छन् ।

जुनेलीमा गोविन्दले लेखेका शब्द यतिबेला टिकटकमा छरिएका छन् । विशेष गरी भिडियाे सार्वजनिक अगावै अडियो प्लेफर्मबाटै गीत धेरैले सेयर गरिरहेका छन् । यो देख्दा गोविन्द निकै खुसी छन् ।

उनले आफूले लेखेका शब्द खोजि खोजि दर्शकले टिकटक बनाएको देख्दा आफूलाई थप उर्जा मिलेको बताएका छन् । साथै गोविन्दले यस गीतका लागि आफूहरुले निकै मिहिनेत गरेको बताए ।

प्रतिक्रिया