गोविन्द र शान्तिश्रीको आवाजमा ‘निरिमयाको’

काठमाडौँ । लामो समेदेखि सञ्चारकर्ममा सक्रिय किस्ना आचार्य रोशनीको शब्दमा गायक गोविन्द मधुर आचार्य र गायिका शान्तिश्री परियारको युगल आवाजमा ‘निरिमयाको’ नामक गीतको भिडियो आएको छ । सो गीतमा ऋषि खड्काको संगीत रहेको छ । गीत लेखन र सञ्चार क्षेत्रमा सक्रिय रोशनीले यस गीतमा आफूले अन्य टिमसँग पहिलो सहकार्य गरेको जानकारी दिइन् ।

मौसम हिमालीको निर्देशनमा युट्युबमा सार्वजनिक भएको यस गीतको भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ । विकास ज्ञवालीको सम्पादन रहेको गीतको भिडियोमा मोडल विमल अधिकारी र साया भण्डारीले अभिनय गरेका छन् । उक्त गीतको भिडियो तपस्या इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।

प्रेम वियोगमा छटपटाइरहेको आफ्नो एउटा असल साथीलाई केटी साथीले सम्झाएको गीतको कथा बुझिने यस गीतका गायक गोविन्द मधुर आचार्य बताउँछन् ।

२०५९–६० सालतिर ‘कान्छीको रुमाल खस्यो पानीमा’ बोलको लोकदोहोरी गीतमा स्वर भरेर आफ्नो सांगीतिक यात्रा सुरू गरेका आचार्यले सोही गीतबाट केही सफलता र गायकको पहिचान प्राप्त गरेको जानकारी दिए ।

‘मर्छु बरु छटपटीमा तिम्रो सामु पर्दिनँ म’ बोलको चर्चित गीतमा संगीत भरेपछि आफू संगीतकारको रूपमा अझ बढी चिनिएको गायक आचार्यले बताए । ‘तिम्रो भइनँ भने’, ‘चोली फाट्यो कि मेरी आमाको’, ‘मलाई दुख्दा रुने त्यो मन’, ‘ओइलिएको फूल भयो’, ‘फूल भनुँ जिन्दगीलाई’, ‘जाउँला कान्छी जलजला’ लगायतका गीतहरू आफ्नै शब्द, संगीत र आवाज रहेको उनले बताए ।

प्रतिक्रिया