कालिकोट । प्रतिनिधिसभा सदस्य महेन्द्र बहादुर शाहीले शिक्षा क्षेत्रको विकास गर्न अभिभावकको भूमिका ठुलो रहने बताएका छन् । उनले आफ्ना बालबालिकाहरुको विद्यालयमा के कस्तो अवस्था छ, विद्यालयको भौतिक अवस्था के कस्तो छ बुझेर साथ सहयोग गर्नुपर्ने बताए ।
आइतबार कालिका माध्यमिक विद्यालय गेलाको ७३औँ वार्षिकोत्सवका अवसरमा प्रतिनिधिसभा सदस्य शाहीले यस्तो कुरा बताएका हुन् । विद्यालयको विकासका लागि शैक्षिक गुणस्तर सुधार गर्न र सिकाई उपलब्धी हासिल गर्न विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिावक संघ लाग्नुपर्नेमा उनले जोड दिए ।
महावै गाउँपालिका– ५ गेलामा रहेको कालिका माध्यमिक विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव कार्यक्रम मनाइएको हो । विक्रम संवद् २००९ सालमा स्थापना भएको कालिका माध्यमिक विद्यालयले आफ्नो ७३औँ वार्षिकोत्सव कार्यक्रम राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारको बेजोड प्रस्तुती देखाउँदै सम्पन्न गरेको हो ।
कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री एवं वर्तमान प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । श्री कालिका माध्यमिक विद्यालय गेलाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजन शाही (पुस्कर) को अध्यक्षता तथा कर्णाली प्रदेश सकारका सदस्य दुर्ग बहादुर रावतको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
७३औँ वार्षिकोत्सव कार्यक्रमको अवसरमा कलाकार सुरेश शाही, देउडा गायक पुष्पराज आचार्य, गायिका विपना सिंह, हास्यकलाकार हस्त चौलागाँई (त्रिकाल) लगाएत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो । कर्णाली प्रदेश सरकारका सदस्य दुर्ग बहादुर रावतले विद्यालयको स्तरोन्नती र विकासका लागि आफ्नो क्षेत्रबाट सदैव साथ–सहयोग रहने बताउँदै कालिका माध्यमिक विद्यालय गेलालाई शुभकामना दिए ।
कार्यक्रमका प्रमुख अतिथि शाहीले आफ्नो कार्य व्यवस्थाताका बावजुत पनि कालिका माध्यमिक विद्यालयको वार्षिककोत्सवमा आएको बताए । उनले विद्यालय क्षेत्रको विकास गर्नका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको तर्फबाट पहल गरिनुपर्नेमा जोड दिए । कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपराज शाहीले विद्यालयको आर्थिक प्रतिवेदन पेश गर्दै विद्यालयको वार्षिकोत्सवको शुभकामना दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजन शाही (पुस्कर) ले विगतमा वार्षिकोत्सव कार्यक्रम थोरै मात्रामा गरेको भन्दै यस कार्यक्रम अहिलेसम्मकै उत्कृष्ट भएको दाबी गरे । उनले विद्यालयको स्तरोन्नती गर्न, विद्यार्थीको सिकाई उपललब्धी बढाउने तथा दरबन्दी अनुसारका शिक्षक उपलब्ध गराउन विद्यालय व्यवस्थापन समिति लागिपरेको बताए । आगामी दिनमा कालिका माध्यमिक विद्यालय गेलालाई पालिकाको मात्र नभएर जिल्ला हुँदै प्रदेश सम्मको नमुना विद्यालय बनाउने लक्ष्य रहेको अध्यक्ष शाहीले बताए ।
७३औँ वार्षिककोत्सव कार्यक्रममा जग्गा दाता, शिक्षक अभिभावक संघलगाएत जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंह भिजन, गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल, विभिन्न वडाका वडा अध्यक्षलगाएत खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिकाका जनप्रतिनीधिहरु तथा महावै गाउँपालिका निवासी नागरिकहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संञ्चालक अर्जुन प्रसाद आचार्यले गरेका हुन् ।
कालिकाेट
प्रतिक्रिया