नेपाल एसबिआई बैंक र एइसिसिबीच सम्झौता

काठमाडौँ । नेपाल एसबिआई बैंक र एइसी ग्लोबल नेपाल प्रालि (एइसिसी) बीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रूपमा प्रदान गर्नेसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्र, बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एइसिसीका तर्फबाट निर्देशक अजित सिंहबीच आदानप्रदान भएको हो । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया