काठमाडौँ । सञ्चारकर्मीसमेत रहेकी शोभा पाण्डे नेपाली गीतसंगीतको शिखर पनि चढ्दै गरेकी छन् । रूपन्देहीको देवदहमा जन्मिएकी शोभा बाल्य अवस्थादेखि नै गीतसंगीतमा रमाउने गर्थिन् । त्यसैले अहिले उनकोे जीवन नै संगीतमय भएको छ । उनी आफूले आफूलाई बुझ्ने अवस्थाबाट नै गीत संगीतले आनन्द दिने गरेको बताउँछिन् । रेडियो तथा एफएममा गीत तथा संगीत सुन्दा सँगसँगै गुनगुनाउने गर्थिन् । स्कुल पढ्दादेखि नै विभिन्न कार्यक्रम तथा प्रतिस्पर्धाहरूमा भाग लिने उनको आदत नै थियो ।
शिक्षक शिक्षिका र साथीहरूको प्रोत्साहन उनको गायनलाई बलियो बनाउने तत्व बनेको पाण्डेले सुनाइन् । कलेज पढ्दा पनि उनमा उत्तिकै संगीतको नशा बढ्दै गयो । उनले नेपाल एफएम नेटवर्क र रेडियो देवदहमा सांगीतिक कार्यक्रम उत्पादन गरिन् । २०७१ सालमा ‘यस्तो मान्छे फेला परोस्’ गीत संग्रह एल्बम विम्ब–२ मा विन्ध्यवासिनी म्युजिक प्रालिले प्रकाशन गरेको थियो । त्यो औपचारिक यात्राको सुरुवाती दिन शोभा अझै सम्झन्छिन् । उनले संगीतको सुरहरूमा रमाउनका लागि संगीत केन्द्रमा स्वरको तालिमसमेत लिन सुरु गरेकी छन् । २०७३ सालमा डा. कृष्णहरि बरालको शब्द, गैरे सुरेशको संगीत र गायिका पाण्डेको स्वरमा एकल एल्बम ‘शंका’ विन्ध्यवासिनी म्युजिक प्रालिले प्रकाशन ग¥यो । उक्त एल्बम शंकामा रहेका गीतहरूमध्ये ‘मनाही छ,’ ‘मेरो चरित्रमा शंका गर्ने तिमी को,’ ‘मन मान्दैन’ लगायत गीतहरू चर्चित छन् । २०७७ सालमा डा. कृष्णहरि बरालको शब्द विभिन्न संगीतकारहरूको संगीत तथा गायिका पाण्डेको आवाजमा एल्बम ‘घायल’ म्युजिक नेपाल प्रालिले बजारमा ल्याएको थियो । ‘घायल भएँ म त,’ ‘म त माया गर्न थालेँ,’ ‘प्यारो नेपाल,’ ‘मलाई मान्दछौ भने भन,’ गीतहरू दर्शक श्रोताको रोजाइमा परेको उनी बताउँछिन् । पाण्डेले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसबाट संगीतमा ब्याचलर गरेकी हुन् ।
ललितकला केन्द्रीय विभागबाट संगीतमै मास्टर डिग्री पास गरेकी उनले सोही विभागबाटै संगीत विषयमा नै एमफिल÷पिएचडी तहको पहिलो र दोस्रो सेमेस्टर पास गरी तेस्रो सेमेस्टरमा शोधप्रस्ताव लेखन कार्यमा अहिले व्यस्त छिन् । उनले आफ्नो अनुसन्धान पनि संगीत विषयमा नै रहेको सुनाइन् । विभिन्न किसिमका गीतहरू रेकर्डिङ कार्य र मेला महोत्सवमा व्यस्त गायिका शोभाले प्रेमगीत, देशभक्ति गीत, संयोगान्त गीत, वियोगान्त गीत, भक्ति गीत सन्देशमूलक गीत, लोकगीत, लोकआधुनिकजस्ता गीतहरू गायकी छन् । सबैखाले गीतहरू गाए पनि भावपूर्ण गीत, मेलोडियस गीतहरू जसमा शब्द र संगीतको माधुर्य होस्, गीतमा सन्देश होस् र हृदयलाई स्पर्श गरोस् यस्ता गीतहरू आप्mनो रोजाइमा पर्ने गायिका शोभा बताउँछिन् । उनले नेपाली चलचित्र प्रेमलिलामा समेत आप्mनो स्वर भरेकी छन् । उनका गीतहरू हालसम्म करिब ६ दर्जनभन्दा बढी रेकर्ड भएका छन् । ती गितहरू एल्बम, सिडी, विभिन्न युट्युब च्यानल, स्फोटिफाई, गुगल, एम्युज, टिकटकजस्ता सामाजिक सञ्जालमा सुन्न सकिन्छ ।
गायन यात्राको एक दशक बित्दै गर्दा विभिन्न संघसंस्थाबाट सञ्जाल तथा कदरपत्रहरू प्राप्त गरेकी छन् । उनलाई सम्मान गर्ने संस्थाहरू रेडियो देवदह, दुधौली एफएम, अख्तियार अनुसन्धान आयोग हुन् । यसै क्रममा उनले पाँचौँ जिनियस म्युजिक अवार्डमा ‘नसोध मेरो यो’ गीतमार्फत लोक आधुनिक विद्याबाट अवार्ड प्राप्त गरेकी छन् । ११औँ छायाछवी तीज म्युजिक अवार्डमा सर्वोत्कृष्ट गायिकाको ‘हरदिन पूजा गर्छु म’ गीतबाट अवार्ड प्राप्त गर्न सफल बनिन् । आफूले तेस्रो म्युजिक खबर तिज म्युजिक अवार्डमा गायिकाको तर्फबाट निर्णायकको भूमिका निर्वाह गरेको उनले बताइन् ।
उनको २०७९ वैशाखको अंकमा पिर रिभ्यु जर्नलमा ‘प्राज्ञिक विमर्श’ मा ‘रस सिद्धान्त र गीतसँग रसको सम्बन्ध’ विषयको अनुसन्धानमूलक लेख प्रकाशन भएको छ । २०८० असोजको अंकमा ‘सुलेख’ साहित्यिक मासिक पत्रिकामा ‘नेपाली संगीतमा महिलाहरूको सहभागिता’ शीर्षकको समालोचनात्मक लेख छापिएको छ । २०८० असोजकै अंकमा ‘आलेख’ साहित्यिक मासिक पत्रिकामा ‘लोकगीतको परिचय यसका विशेषताहरू’ विषयको समालोचनात्मक लेख छापिएको गायिका शोभाले जानकारी दिइन् ।
प्रतिक्रिया