स्थानीय तह उपनिर्वाचन : रास्वपाले ताेक्याे ७ नेतालाई प्रदेशगत जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजक समितिको बिहीबार बसेको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य गणेश पराजुलीका अनुसार प्रदेशगत जिम्मेवारी विभाजन गरिएको हो । जसअनुसार कोशी प्रदेशको निर्वाचन परिचालनको जिम्मेवारी प्रतिनिधिसभामा पार्टी सचेतक निशा डाँगीलाई तोकिएको छ । मधेस प्रदेशमा सांसद डा. चन्दा कार्की, वाग्मतीमा सांसद शिशिर खनाललाई स्थानीय तह उपनिर्वानको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा केन्द्रीय सदस्य कुसुम महर्जन, कर्णालीमा कोषाध्यक्ष लिमा अधिकारी र सुदूरपश्चिममा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया