काभ्रेपलाञ्चोक । काभ्रेको प्रहरी अनुसन्धान टोलीमा सामेल केनाइन महाशाखाको प्रशिक्षित कुकुर ‘टाइगर’ले कुकुर तिहारमा अवार्ड पाएपछि पुनः एउटा गम्भीर हत्याको घटनामा महत्वपूर्ण सफलता हासिल गरेको छ । ‘अप्रेसन सोनाम’ अन्तर्गत टाइगरको सहयोगले काभ्रेपलाञ्चोक जिल्लामा आफ्नै आमाको हत्यामा संलग्न कान्छा छोरालाई पक्राउ गर्न सहयोग मिलेको हो ।
कुकुर तिहारमा विशेष सम्मानित भएको टाइगरले आफ्नो कर्तव्यमा पुनः प्रमाणित गर्दै प्रहरीले छिटो अनुसन्धान गरी अभियुक्तलाई समात्न महत्वपूर्ण भूमिका खेल्यो । अनुसन्धानका क्रममा टाइगरको सहायताले हत्याको सूक्ष्म प्रमाण संकलन गर्न र दोषीसम्म पुग्न काभ्रे प्रहरीले सफलता हासिल ग¥यो । यस घटनामा टाइगरको भूमिकालाई काभ्रेका प्रहरी अधिकारीले विशेष प्रशंसा गरेका छन् ।
प्रहरीका अनुसार, कात्तिक १६ गते राति काभ्रेको रोशी गाउँपालिकामा ६९ वर्षीया महिलाको शव फेला परेको थियो । प्रारम्भिक अनुसन्धानले महिलाको टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको थियो । घटनास्थलमा प्रहरीको विशेष टोलीसहित टाइगरलाई अनुसन्धानमा संलग्न गरिए पछि, छिटै दोषी पत्ता लाग्न सफल भएको हो ।
घटनास्थलमा सोको (साइन्स अफ क्राइम अन द स्पट) टोली, फरेन्सिक विशेषज्ञ र टाइगरसहितको स्निफिङ टोली परिचालित थियो । अनुसन्धानका क्रममा मृतकका २८ वर्षीय कान्छा छोरा फुर्साङ लामाले छोराले आमालाई हत्या गरेको स्वीकार गरेका छन् । उनले परिवारिक विवादकै कारण र आमाले लगाएको सुन र पैसाको लोभमा आक्रोशमा आएर आमालाई आग्लो र लोहोरो प्रहार गरी हत्या गरेको बताएपछि उनलाई कान्नी कारबाहीका लागि अगाडी बडाइएको छ ।
सुरुमा फुर्साङले आफूले आमाको हत्या खसी किन्न आएको व्यक्तिले गरेको भनि बयान दिएका थिए । तर टाइगरले हत्याराको क्लु पत्ता लगाए पछि आफूले हत्या गरेको स्वीकारे । उक्त घटना लगत्तै उनी काठमाडौ जान भनी बनेपासम्म पुगिसकेका थिए । गाउँलेले आमाको मृत्यु भएको सूचना दिए पछि उनी घटनास्थल पुगि नाटकि क्रियाकलाप गरेको जिल्ला प्रहरी प्रमुख वसुन्धरा खड्काले बताइन् ।
घटनापछि काभ्रेको जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान जारी राखेको थियो । ‘टाइगर’को विश्वसनीय सुँघ्ने क्षमताले काभ्रेका प्रहरीलाई अपराध नियन्त्रणमा नयाँ उत्साह थपेको छ, जसले यस केसलाई सुल्झाउन सहयोग पु¥यायो । खड्काका अनुसार हत्याको मुख्य कारण सुन र पैसा देखियो । उनले कुकुरले घटनाको सवालमा क्लू दिए पछि छोरालाई नियन्त्रमा लिएको र आमाको सुन र बिल उनको साथबाट भेटिएका थियो ।
लामाले केही पैसा र सुन घर नजिकै ढुंगाले थिचेर लुकाएको भेटिए पछि घटना तथ्यसहित प्रमाणित हुन् पुगेको एसपी खड्काले बताइन् । उक्त घटनामा पक्राउ परेका फूर्साङलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
प्रतिक्रिया