मुगु । जिल्लामा पाठेघर खस्ने र दम बिरामी लक्षीत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । अक्कल कोपिला फाउन्डेसन र डाक्टर अर्जुन भामको सहकार्यमा छायाँनाथ रारा नगरपालिका–१३ रुगामा पाठेघर खस्ने र दम रोगका बिरामी लक्षीत निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरीएको हो ।
अक्कल कोपिला फाउन्डेशन र डाक्टर अर्जुन भामको आफ्नै लगानीमा पाठेघर खस्ने दम रोगको समस्या न्युनिकरण गर्ने उदेश्यका साथ २ दिने पाठेघर खस्ने र दम रोग बिरामी लक्षीत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
अक्कल कोपिला फाउन्डेसनका अध्यक्ष समाजसेवि अक्कल बोहोराले आमा गोरीकला बोहोराको नामबाट रकम जम्मा गरेका र डाक्टर अर्जुन भामले आफ्नो तलबबाट रकम जम्मा गरी निशुल्क स्वास्थ्य शिविर गरीएको डाक्टर अर्जुन भामले बताए ।
मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्या बिकराल छ । धुवाँ धुलो अस्वस्थकर खानपान चिसाको कारण दमरोगका बिरामीको संख्या पनी उत्तिकै छ । पाठेघर खस्ने र दम रोग अत्यधिक रहेकोमा कुनै सरोकारवाला निकायले चासो दिइएका छैन । तर दुर्गमका महिलाको पीडा बोध भएर अक्कल कोपिला फाउन्डेशनको सहकार्यमा आफ्नै तबल लगानी गरी निशुल्क स्वास्थ्य शिविर गरेको डाक्टर भामले बताए ।
शुक्रबारबाट सञ्चालन भएको शिविरमा ५ सय १२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षण गराएका मध्ये अधिकांसमा दम रोग देखिएको र ८० जना महिलामा पाठेघर सम्बन्धी समस्या देखिएको डाक्टर भामको भनाई छ ।
दम रोगका बिरामीलाई औषधि सहित सल्लाह सुझाव दिइएको र जटिल पाठेघर खस्ने समस्या भएका महिलाहरु थप उपचारका लागि जिल्ला अस्पताल तथा बाहिर जिल्ला उपचार गर्न जान सल्लाह दिइएको थियो । सामान्य सेतो पानी बग्ने, योनी चिलाउने, पाठेघरमा पानीका फोका भएका महिलालाई औषधि उपलब्ध गराइएको जनाइएको छ ।
मुगुमा पाठेघर तथा तल्लो पेटको समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि रोग लुकाएर बस्ने गरेका शिविरमा संलग्न डा उद्धय मल्लले बताए । कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले जिल्लामा पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक रहेका छन् डाक्टर मल्लको भनाई छ ।
निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछी रोग लुकाएर बसेका महिलालाई राहत भएको छ । तर, यो अल्पकालीन समाधान मात्र हो । स्थायी सुधारका लागि कर्णालीका यी दुर्गम बस्तीहरूमा आधारभूत स्वास्थ्य सेवाको विस्तार, जनचेतनाको विकास, र महिलाको सशक्तीकरणमा दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने स्थानीयको भनाई छ ।
पाठेघर खस्ने समस्यासँगै, मुगुमा दम रोगका बिरामीहरूको संख्या पनि उत्तिकै उच्च छ । धुँवा, धूलो, र अस्वस्थकर खानपानका कारण दम रोगका बिरामीहरू थपिँदै गएका छन् । दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य सेवाको अभाव र सरकारको उपेक्षाले गर्दा धेरै बिरामीले समयमा उपचार पाउन सकेका छैनन् ।
त्यसैलाई मध्ययेनजर गदै निःशुल्क स्वास्थ्य शिवर सञ्चालनको सुरुवात गरेको डाक्टर भामले बताए । यो सेवा छायाँनाथ रारा नगरपालिका भित्रका सबै वडामा सुरु गरीने जनाइएको छ । शिविरमा स्वास्थ्य परीक्षण, औषधि तथा भिडियो सेवा समेत निःशुल्क प्रदान गरिएको थियो । शिविर सञ्चालन गर्ने समाजसेवि बोहोरा स्पेनमा रारा नामक होटल सञ्चालन गरीरेहेका छन् भने डा अर्जुन भाम जिल्ला अस्पताल मुगुका कार्यरत छन् ।
मुगु
प्रतिक्रिया