जनकपुरधाम । एक्कासी पुराना प्रधानाध्यापकलाई विस्थापित गरी प्रधानाध्यापक बनाउनकै लागि एक शिक्षकलाई जवर्जस्ती ल्याए पछि यहाँका शिक्षकहरु आन्दोलित भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले यहाँको संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयमा हस्तक्षेप गरेपछि शिक्षकहरु आन्दोलित भएका हुन् ।
विद्यालयको ताल्चा समेत गुपचुप रुपमा फोडेर अन्य विद्यालयका एक प्रधानाध्यापकलाई शिक्षकको रुपमा हाजिर गराए पछि नेपाल शिक्षक संघ स्थानीय कार्य समिति जनकपुरधामले विरोध गरेको छ ।
संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयको प्रशासनिक कार्यालयको ताल्चा तोडेर हाजिर गराइएको भन्दै सो विद्यालयका नेपाल शिक्षक संघस्थानीय कार्यसमिति जनकपुरधामका स्थानीय अध्यक्ष गौरी शंकर लाल कर्णले विरोध गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् ।
स्थानीय अध्यक्ष कर्णको अगुवाइमा शिक्षकहरुको एक टोलीले जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले जनकपुरधाम उपमहानगरपालिकालाई निर्णय नसच्याएमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।
संकटमोचन देवशरण रामरती माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक बलिराम साहलाई समेत कुनै जानकारी नदिइे एकाएक उनको स्थानमा जगदीश साहलाई ल्याएर हाजिर गराए पछि जनकपुरधाम उपमहानगरले गरेको कामको विरोध गरेका छन् ।
शिक्षक जगदीश साह विवादित प्रधानाध्यापक रहेको भन्दै उनको काज सरुवालई अविलम्ब बदर गरी निजलाई अन्य विद्यालयमा व्यवस्थापन गर्न माग गरेका छन् ।
ज्ञापनपत्र बुझाउँदै सो जगदीश साहको काज सरुवा अविलम्ब फिर्ता नलिएमा चरणवद्ध रुपमा आन्दोलमा विभिन्न कार्यक्रमहरु गर्ने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
विद्यालयमा निवर्तमान प्रधानाध्यापक बलिराम साहको अनुपस्थितिमा जगदीश साहलाई जनकपुरधाम उपमहानगरले जवर्जस्तीरुपमा हाजिर गराए पछि शिक्षकहरुले विरोध गरेका स्थानीय अध्यक्ष कर्णले बताए । उनले आफ्नो माग पूरा नभएमा चरणवद्धरुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया