काठमाडौं । यामाहा नेपालले चाडपर्व लक्षित ‘बिगेस्ट १०सैँ’ अन्तर्गत पहिलो विजेता घोषणा गरेको छ । यामाहाका बाइक तथा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट १० लाख जित्ने पहिलो विजेता घोषणा गरेको हो । यामाहाको बुटवलस्थित डिलर बाइकर्ज बुटवल प्रालिबाट ‘एफजेडएस भी थ्री डिलक्स’ मोटरसाइकल खरिद गरेका बालकृष्ण गिरीले १० लाख जितेका हुन् ।
विजेताको नाम यामाहाको ब्लू स्क्वायर सोरुम, नक्सालमा आयोजित कार्यक्रममा नायिका प्रियंका कार्कीले लक्की ड्र मार्फत् घोषणा गरेकी थिइन् । ‘बिगेस्ट १०दसैँ’ अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकहरूले विभिन्न परिमाणका हात खाली नजाने स्योरसट क्यासब्याकका साथै अन्य उपहार प्राप्त गरेका कम्पनीले जनाएको छ ।
प्रतिक्रिया