नेपालगञ्ज । छाडा चौपायाका कारण सडक दुर्घटना नहोस् भन्ने उद्देश्यले नेपालगञ्जका छाडा चौपायाको घाँटीमा ‘रिफ्लेक्टर’ लगाइएको छ ।
छाडा चौपायाका कारण राति बढी दुर्घटना हुन थालेपछि प्रहरीले छाडा चौपायालाई रिफ्लेक्टर लगाएको वडा प्रहरी कार्यालयका प्रमुख अरुण बमले बताए ।
नेपालगञ्ज उपमहानगरपालिका–४, ५ र ६ का सडकमा अधिक छाडा चौपाया भेटिने गरेका बताउँदै उनले रिफ्लेक्टर लगाउन सहज नभएको गुनासो गरे ।
छाडा चौपाया व्यवस्थापन स्थानीय तह, ट्राफिक प्रहरी र प्रशासनलाई चुनौतीपूर्ण बन्दै गएको उनले बताए । हालसम्म नगर क्षेत्रमा रहेका छाडा चौपायाको यकिन विवरण संकलन नभएको जानकारी प्रमुख बमले दिए ।
प्रतिक्रिया