बर्दिवास । अखिल (क्रान्तिकारी) महोत्तरीको प्रथम जिल्ला सम्मेलन बर्दिवासमा सम्पन्न भएको छ । सम्मेलनले उज्ज्वल बलम्पाकी मगरको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । त्यस्तै उपाध्यक्षमा करुणा बलम्पाकी, सचिवमा सुजन यादव, सहसचिवमा श्रृष्टी लामिछाने, कोषाध्यक्षमा सुगम कालिकोटे निर्वाचित भएका छन् ।
सम्मेलनलाई सम्बोधन गदै प्रमुख अतिथि नेकपा (बहुमत)का केन्द्रीय सल्लाहकार झमानसिं बलम्पाकीले बिद्यार्थीहरू अबको नेपाली क्रान्तिको संवाहक भएको बताएका छन् । साथै उनले विद्यार्थीहरू शैक्षिक क्षेत्रमा भएको बेथितिबिरुद्ध प्रतिबद्ध भइ अगाडि बढ्न आग्रह गर्दै नवविर्वाचित टिमलाई शुभकामना व्यक्त गरे ।
नेकपा (बहुमत) महाधिवेशन आयोजिक समिति सदस्य तथा महोत्तरी इञ्चार्ज गौरी मण्डलले मधेसको विद्यार्थी आन्दोलनलाई उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । साथै उनले आफूसँग शिक्षक आन्दोलनको अनुभवसमेत भएकोले बिद्यार्थी आन्दोलनमा महत्वपूर्ण सहयोग गर्ने बताए ।
नेकपा (बहुमत)का महोत्तरी जिल्ला संयोजक तुलबहादुर बलम्पाकीले विद्यार्थीको उत्साहजनक उपस्थिति देखेर आफू निकै खुसी भएको बताए । साथै उनले निर्वाचित टिमलाई बधाइ दिँदै अब सशक्त र क्रान्तिकारी टिमको रूपमा स्थापित गर्न आग्रह गरे ।
अखिल (क्रान्तिकारी) मधेस प्रदेश इञ्चार्ज पारस राहादी मगरले नवनिर्वाचित टिमलाई बधाई दिँदै मधेस प्रदेशको विद्यार्थी आन्दोलनको महत्वपूर्ण हिस्साको रूपमा काम गर्न आग्रह गरे । साथै उनले वैज्ञानिक समाजवादी शैक्षिक आन्दोलनमा नवनिर्वाचित टिमले उल्लेख्य भूमिका खेल्नुपर्नेमा जोड दिँदै शैक्षिक माफियाको विरुद्धमा निर्मम संघर्ष गर्नुपर्ने बताए ।
प्रतिक्रिया