काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका वडा नं ६ चनौटे बाट खोलाले बगाएकी देबिमाया स्याङ्तानको शव सिन्धुली हरिहरपुर गढी ३ मा फेला परेको छ ।
शनिबार बिहान बगाएको उनको शव बागमती खेला किनारमा फेला परेर घटना स्थलमा जाने तयारी रहेको खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले जानकारी दिएका छ्न । शव भेटिएको स्थलमा सिन्धुलीको प्रहरी र स्थानिय पुगेको शव पहिचान गरिसकेको थिङले बताए ।
जिल्लाको खानीखोला गाउँ पालिकामा २२ घर पहिरोले बगाएको वडा न ५,६,र ७ लाइ तत्काल पालिका मार्फत राहत त्रिपाल, खाद्यन्न वितरण गरिएको पालिका अध्यक्ष थिङले जानकारी दिए । खानीखोलामा खानेपानी, विद्युतको आपूर्ति नभएको, मोबाइल नेटवर्क, बाटो सबै बन्द भएकाले बिपत्तिमा उद्धार र राहत कार्यमा सहयोग गर्न सबै निकायलाई गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङले अपिल गरिएको छ ।
तेमाल गाउँपालिका वडा नं १ कल्लेरिपाखाको दिल ब भण्डारी र रूद्र लक्ष्मि भण्डारी शनिबार दखि बेपत्ता भएको तेमाल १ का वडा अध्यक्ष इन्द्रबहादुर अधिकारीले जानकारी दिए ।
खोज तलास र उद्दार कार्यको लागि कठिन भएकाले खोजि कार्य गर्न कठिन रहेको वडा अध्यक्ष अधिकारीले बताए । मुख्य गरि टेलिफो नचल्ने र गाउँमा बिद्युत आपुर्ति नभएकाले बेपत्ताहरुको खोजिमा कठिनाई भएको वडा अध्यक्ष अधिकारीले बताए ।
जिल्लामा हाल सम्म बिपि राजमार्ग र अन्य स्थालहरु बाट एक सय भन्दा धेरैको उद्धार भई धुलिखेल ल्याई सकेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले जानकारी दिए । बाढि पहिरोको कारण बिपि राजमार्गमा ५ हजार भन्दा धेरै यात्रुहरु अलपत्र परेका थिए ।
प्रतिक्रिया