चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राति करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका– ६ ९ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भासिएको थियो ।
सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातिदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
प्रतिक्रिया