पाँचथर । घरबाट घोडा चढेर खेत गएका कुम्मायक गाउँपालिका– १ यासोका मोहन थापा मृत अवस्थामा भेटिएका छन् । ४५ वर्षीय उनी शनिबार विहान ७ बजे खेतममा काम गर्न घोडा चढेर गएका थिए । थापा घोडा चढेर गएको घोडा मात्रै फर्केर आएपछि खोेजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएको प्रहरी ले जनाए को छ ।
घोडा आएको घण्टौ सम्म थापा घर नफर्केपछि खोज तलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेका थिए । त्यसपछि उनलाई घर ल्याइपुर्याउँदा मृत्यु भएको बताइएकोछ ।
आफन्तले इलाका प्रहरी कार्यालय यासोक र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटेको टोलीले घटनास्थलको प्रकृति मुचुल्का तयार गरी जिल्ला अस्पताल पँचथरमा पोष्टमार्टका लागि ल्याएको प्रहरीले जनाएको छ । उनको शव आइतबार पोष्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको पाँचथर डिएसपी हेमन्त भण्डारीले बताए ।
प्रतिक्रिया