प्राचार्य कर्णलाई मेसमा खाना खान रोक

जनकपुरधाम । याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ क्याम्पस मटिहानीका प्राचार्य वीरेन्द्रलाल कर्णलाई विद्यापीठको मेसमा खाना खान रोक लगाइएको छ ।

विद्यार्थीहरूको मेसमा प्राचार्य कर्ण निःशुल्क खाना खाइरहेका थिए । विद्यार्थीहरूको छात्रवृत्ति रकमबाट सो मेस सञ्चालन हुँदै आएको छ । विद्यार्थीहरूले सुरुमा मेसमा नखान उनलाई आग्रह गरेका थिए । तर, उनले नमानेपछि विद्यार्थीहरूले खाना खान मेसमा पुगेको बेला त्यहाँबाट निकालिदिएका छन् ।

विद्यार्थीको लागि छात्रवृत्ति रकमको पैसाबाट मेस सञ्चालन हुँदा प्राचार्यले खाना खाइरहेकाले कर्मचारी, शिक्षकहरूले समेत आलोचना गर्दै आएका थिए । विद्यार्थीको मेसमा किन खाना खाएको र मेसबाट निकालिएको कारण सम्बन्धमा प्राचार्य कर्णसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रतिक्रिया