‘१२ गाउँ’को गीत सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टका छोरा समीर भट्टको डेब्यु फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्ममा ‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीतमा समीरसहित अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।

गुजराती तथा दक्षिण भारतीय सिनेमा र टेलिभिजन सिरियलकी चर्चित अभिनेत्री सोनु चन्द्रपालले नेपाली सिनेमामा डेब्यु गरेकी हुन् । उनी र समीरलाई सार्वजनिक गीतको भिडियोमा रोमान्टिक अवतारमा प्रस्तुत छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले सिनेमाको लागि निकै मेहनत गरेको देखाउँछ ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द रचना तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर सुन्न सकिन्छ । सिनेमाको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च हाइप बनेको छ। जसले गर्दा दर्शकमाझ सिनेमाको गीतको प्रतिक्षा थियो ।
यो सिनेमाबाट २ अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन् ।

सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्टको निर्देशन र निर्माण रहेको फिल्मको अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ । एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् ।

महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।

प्रतिक्रिया