जनकपुरधाम । वरिष्ठ पत्रकार, प्रेस एवं प्रजातन्त्र स्वतन्त्रता सेनानी स्व.राजेश्वर नेपालीको ८१औँ जन्मजयन्ती मनाइएको छ । सो अवसरमा मधेस सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले महामना राजेश्वर नेपालीजस्ता मधेसका श्रष्टाहरूको सम्मानमा मधेस सरकारले कुनै पनि कसर वाँकी राख्न नहुने बताएका छन् ।
मधेस सरकारले गठन गरेको मधेस प्रज्ञा प्रष्ठिान सहितका निकायहरू पनि वहाँहरूजस्ता प्राज्ञ र विद्वान तथा सेनानीहरूको सम्मानमा काम गर्नुपर्ने उनको कथन थियो । सो अवसरमा नेपालीद्वारा लिखित पुस्तक भारत दर्शनको लोकार्पणसमेत गरिएको छ ।
१ वर्षअगाडि भदौ ११ गते निधन भएको स्व. नेपालीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गर्दै मन्त्री लेखीका साथै उनका सहयात्री आआफ्ना क्षेत्रका विद्वानहरू वरिष्ठ अधिवक्ता युगल किशोर लाल, वरिष्ठ साहित्यकार राम स्वार्थ ठाकुर गान्धी, प्रा.सुरेश साह, वरिष्ठ ई.चन्देश्वरप्रसाद रौनियार, राराब क्याम्पस प्रध्यापक संघका अध्यक्ष मुक्तिनाथ साह, सन्त सत्यनारायण आलोक, चन्द्रशेखर राय, कैलाश प्रसादका साथै वरिष्ठ पत्रकार श्री नारायण साह, कमल साह, उपेन्द्र भगत नागवंशी सहितकाले स्व.नेपाली उनका योगदान र व्यक्तित्वको बारेमा बोलेका थिए ।
पत्रकार श्री नारायण साहले स्व.नेपालीजस्ता पत्रकारका आदर्श व्यक्तित्वको जन्मजयन्ती र पूण्यतिथिमा देखिएको पत्रकारहरूको उदासीनता दुःखद् रहेको बताएका थिए । साथै जनकपुरधाम उपमहागरपालिका–२३ द्वारा आयोजित कार्यक्रममा वडा अध्यक्ष तथा स्व. नेपालीका सुपुत्र राघवेन्द्र साह, सदस्य विभादेवी ठाकुर, केवल शर्मा सहितकाले समेत स्व. नेपाली देश र जनताको पक्षमा गरेको कामको प्रशंसा गर्दै वडाको गौरवका रूपमा दर्शाएका थिए ।
प्रतिक्रिया