काठमाडौँ । आगामी साता हुने मिस युनिभर्स नेपालको ताज सार्वजनिक गरिएको छ । ‘स्टार अफ द युनिभर्स’ नाम दिइएको क्राउन मिस युनिभर्स २०२३ सेनिस पलासियोसले गरेकी हुन् । २४५ ग्राम ह्वाइट गोल्ड र विभिन्न बहुमूल्य पत्थर प्रयोग गरेर बनाइएको क्राउन शनिबार साँझ एक समारोहकाबीच सार्वजनिक गरिएको हो । क्राउनको मूल्य अहिले बजार मूल्यअनुसार २५ हजार अमेरिकी डलर पर्ने आयोजकले जानकारी दिएका छन् ।
२२ भदौमा शनिबार हायात होटलमा मिस युनिभर्स नेपालको फिनाले हुँदै छ । मिस युनिभर्स नेपालको यस वर्षको संस्करणको आयोजना पहिलोपटक ग्लोबल ग्ल्यामरले गर्न लागेको हो । उपाधिका लागि २२ जना फाइनलिस्ट भिड्ने तयारीमा रहेको आयोजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया