काठमाडौँ । तीजको अवसरमा निरन्तर ‘बिच्चबिच्चमा’ गीत ल्याउने गरेका गायक तथा संगीतकार दुर्गेश थापाको ‘बिच्चबिच्चमा–७’ सार्वजनिक भएको छ । ‘बिच्चबिच्चमा’ शृंखलाको अन्तिम सिरिजका रूपमा उनले ‘बिच्चबिच्चमा ७’ ल्याएका हुन् ।
जनचेतनामूलक र सन्देशमूलक भनिएको उक्त गीतको शब्द तथा भिडियोले नारीप्रतिको सम्मान बोल्छ । दुर्गेशकै निर्देशन रहेको भिडियोमा एक विधवा नारीलाई नृत्यमा प्रस्तुत गर्दै नारीको सांस्कृतिक स्वतन्त्रताको हिमायतीका रूपमा आफूलाई उभ्याएका छन् । मौसम हिमालीको नृत्य निर्देशन रहेको भिडियोमा दुर्गेशसँगै गायक तथा मोडल पेमा लामाको अभिनय छ ।
दुर्गेश र पेमा यसअघि ‘झुम्का हरायो’ बोलको गीतमा एकसाथ देखिएका थिए । यो गीतमा शब्द, संगीत, स्वर दुर्गेशकै छ । एरेन्ज भने साहस शाक्यले गरेका छन् । मिलन विश्वकर्माको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।
प्रतिक्रिया