काठमाडौँ । गायक तथा संगीतकार राजनराज सिवाकोटी र गायिका शशिका राईको स्वर रहेको तीज गीत ‘ए दिदी ! भिनाजु खै ?’ सार्वजनिक भएको छ । सिवाकोटीकै शब्द तथा संगीत रहेको गीतको भिडियोमा दिदीभाइको प्रेमभावलाई नजिकबाट देखाइएको छ ।
वर्ष दिनपछि आफ्नो माइतीलाई भेट्दा हुने खुसी देखाइएको छ । भिडियोका निर्देशक दिलिप समन हुन् । मिना बर्तौला र गायक शिवाकोटीकै अभिनय रहेको भिडियोमा गीता थापा, सृष्टि उग्रकोटी, खेम नेपाली, सुनिल न्यौपाने, सुनिल बुढाथोकी लगायतको अभिनय देख्न सकिन्छ । विशाल थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको छ भने भिडियो समिप इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया