हेटौँडा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशनबाट रामप्रसाद सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार हेटौँडामा सम्पन्न अधिवेशनले चितवनका व्यवसायी सुवेदीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो ।
सुवेदीसहित उपाध्यक्ष कपिल बहादुर बानियाँ (मकवानपुर), सचिव नारायण श्रेष्ठ (काठमाडौं), सहसचिव ईन्द्रप्रसाद ढुंगेल (सिन्धुली) तथा कोषाध्यक्षमा ईश्वरलाल श्रेष्ठ (नुवाकोट) निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा राजसुन्दर श्रेष्ठ (काभ्रे), बद्रिप्रसाद पौडेल (चितवन), हरिचन्द्र अमात्य (नुवाकोट), गोपाल तामाङ (रसुवा), किसनकुमार रोक्का (काठमाडौं), केदार सापकोटा (दोलखा), सिताराम भट्ट (धादिङ), गणेश श्रेष्ठ (धादिङ), हरिकृष्ण बस्नेत (रामेछाप), याम बहादुर कार्की (काठमाडौं), कविर कुमार रंजितकार (काभ्रे) र नवराज घिमिरे (मकवानपुर) चयन भएका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले यातायात व्यवसायीहरुको समस्या समाधान गर्न प्रदेश सरकार तत्पर रहेको बताएका छन् । लामाले राज्य र व्यवसायी दुवै पक्ष मिलेर समस्याको समाधान गर्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले यातायात क्षेत्रको सुधारका लागि सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागू गर्नुपर्ने बताए । नेपाली कांग्रेस निकट यातायात व्यवसायीहरु सम्मिलित संघको यसअघि अन्य ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ ।
मकवानपुर
प्रतिक्रिया