‘एक्लो’को छायांकन बिहीबारबाट

काठमाडौँ । प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्म ‘एक्लो’ को शुभमुहूर्त गरिएको छ । बुधबार बिहान भद्रकाली मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । अभिनेत्री बेनिशा हमाल र कविता नेपालीले मुहूर्त सट दिए । मुहूर्त समारोहमा बेनिशा र कवितासहित विजय लामा, सुनिल थापा, सुरज सिंह ठकुरीसहित बेलायती अभिनेता जेमी बेकन उपस्थित भए । जेमी हिजो मात्रै फिल्म खेल्नका लागि नेपाल आएका हुन् ।

फिल्मको छायांकन बिहीबारदेखि फिल्मको सुटिङ सुरु हुनेछ । उपल्लो मुस्ताङमा हुने सुटिङ ४५ दिनसम्म चल्नेछ । यस फिल्मलाई नेपालसहित अन्तर्राष्ट्रिय बजारलाई मध्यनजर गरेर निर्माण गर्ने सुनाए ।

यस फिल्ममा प्रदीप खड्का, एवनराज उप्रेती, दीया पुन, दिनेश डिसी लगायतको अभिनय रहनेछ । शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ । हाल सेट निर्माणको काम र प्री प्रोडक्सनको भइरहेको कार्यकारी निर्माता क्षितिज सुवेदी खत्रीले बताए । ‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए । यसअघि उनले ‘गोर्खास् विनिथ द ब्रेभरी’ र ‘अन्तिम संस्कार’ निर्देशन गरेका थिए ।

प्रतिक्रिया