काठमाडौँ । बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा मुख्य कलाकार जितु नेपाल र नीति शाहलाई देख्न सकिन्छ । रमाइलो तरिकाले निर्माण गरिएको टिजरमा जितु र नीतिबीचको बिहेको प्रसंगलाई समेटिएको छ । हात्तीमाथि चढेर बेहुलीको भेषमा सजिएकी नीति निकै सुन्दर देखिएकी छिन् । फिल्मको निर्माता मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ हुन् । सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको लेखन छ ।
श्याम तामाङले खिचेको फिल्मको कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा जितु र नीतिसहित बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरूको अभिनय छ ।
राजकुमार पण्डितको प्रस्तुतीमा तयार भएको फिल्मले दसैँमा दर्शकलाई पूर्ण रूपमा मनोरञ्जन दिने दाबी निर्देशक निरौलाको छ । यो फिल्म फूलपातीको अवसर पारेर २४ असोजबाट रिलिजमा हुँदै छ ।
प्रतिक्रिया