गमगढीको खानेपानीमा शुद्धिकरण मेसिन जडान

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारको लागि उपलब्ध खानेपानी धारामा पानी शुद्धिकरण गर्ने मेसिन जडान गरिएको छ । पानीजन्य रोग न्युनिकरणका लागि खानेपानी ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा सदरमुकाम गमगढी बजार र छायाँनाथ रारा नगरपालिका– ४ भामवाडा गाउँको खानेपानी ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान छ ।

बर्खा सिजनमा पानि फोहोर हुन सक्ने र पानीजन्य रोगबाट बच्न पहिलो चरणमा तीनवटा ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएका छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले बताए ।

उनले यसपछि पनि युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा अन्य गाउँमा निमार्णाधिन खानेपानी धारामा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिने नगरप्रमुख भामले बताए ।

गमगढी खानेपानी र भामवाडा खानेपानीको लागि तीनवटा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन ७ लाख ८५ हजारमा खरिद गरी दश प्रकारका पानी शुद्धिकरण गर्ने सामग्रीका साथ खानेपानी ट्यांकीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरिएको जनाइएको छ ।

बुधबार छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम, उपप्रमुख ऐश्वर्य मल्ल र गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लले गमगढी खानेपानीका ट्यांकीहरु र पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडानको अवलोकन गर्नुका साथै त्यसमा प्रयोग हुने सामग्रीका साथ मेसिनको उद्घाटन गरेका छन् ।

गमगढी खानेपानी उपभोग गर्ने उपभोक्ता ४२० घरधुरी छन् भने भामवाडा खानेपानी प्रयोग गर्ने उपभोक्ता २२० घरधुरी रहेका छन् । पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसिन जडान गरेसँगै उपभोक्तहरुमा पानीजन्य रोगबाट बच्न सकिने स्थानीयको भनाई छ ।

प्रतिक्रिया