पर्सा । पर्साको बिन्ध्यवासनी गाउँपालिकाबाट सोमबार बिहान इलाका प्रहरी कार्यालय पोखरियाले लाखौँ मूल्य बराबरकोे कपडा बरामद गरेको छ । भारतको भेलाही बजारबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्राएको अवस्थामा पोखरिया प्रहरीले करिब २ लाख बराबरको अबैध कपडा बरामद गरिएको छ ।
बरामद गरिएको कपडामा साडी १६३ पिस, कुर्था सुट १७ पिस, थानको कपडा २ थान गरी १ लाख ९६ हजार ५०० सय बराबरको कपडा बरामद गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकालले जनाएका छन् । बरामद गरिएको कपडा इलाका प्रहरी कार्यालय पोखरियाले वीरगन्ज भन्सार बुझाएको प्रहरीले जनाएका छन् ।
पर्सा
प्रतिक्रिया