काठमाडौँ । सातौँ संस्करणको ‘मिस्टर एन्ड मिस लिटिल कोसी’को इटहरी अडिसन सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि इटहरीमा भएको अडिसनमा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूको सहभागिता रहेको थियो ।
अर्को अडिसन आउँदो १५ भदौमा सुनसरीको धरान, २२ भदौमा विराटनगर र २९ भदौमा झापामा अडिसन हुने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिए ।
अडिसनको निर्णायकमा जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, बिपी कोइराला विज्ञान प्रतिष्ठानका डा. श्रवण मण्डल, ‘मिस कोसी २०२४’ की विजेता कृति बस्नेत र थिएटर आर्टिस्ट सुगम दुलाल थिए ।
अध्यक्ष रायका अनुसार प्रतियोगिताको छनोट चरणको अडिसनबाट छानिएका प्रतियोगीहरूलाई दसँैको छुट्टीमा प्रशिक्षणमा राखिनेछ । ‘बालबालिकाहरूको पढाइमा कुनै पनि असर नपुग्ने गरी यो प्रतियोगिता हुनेछ’, उनले भने, ‘बालवालिकाहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएका छौँ ।’
प्रतिक्रिया