काठमाडौँ । मानिस सपनाले बाँच्छ । सपना देख्नेहरू बाटोमा समस्या आउँदा बाटो फेर्न सक्छन्, लक्ष्य छाड्न सक्दैनन् । सुप्रिमा सुनुवारका लागि यस समाजमा स्थापित हुनका लागि थुप्रै चुनौतीहरू थिए । यसै चुनौतीका बीच उनको राम्रो तेक्वान्दो खेलाडी बन्ने लक्ष्य थियो ।
उनी त्यस राज्यमा जन्मिएकी होइनन्, जहाँ राज्यको संरचनाले आधारभूत आवश्यकताका पूरा गर्ने बाटो दिन्छ । नागरिक सिर्जनामा व्यस्त हुन्छ । सुप्रिया रहेको समाज त्यस्तो पक्कै होइन । जीवनयापनका लागि हरेक नागरिक अहोरात्र खटिनुपर्ने देशमा उनी जन्मिएकी हुन् । जीवनयापनको विषयलाई व्यवस्थित गर्दै क्यारियर अगाडि बढाउने कुरा सुप्रियाका लागि मात्र होइन, अन्य आमनेपालीका लागि पनि पक्कै कठिन हो ।
केही नयाँपनको हुटहुटीले सुप्रिपालाई राष्ट्रिय स्तरको तेक्वान्दो खेलाडीकै रूपमा सक्रिय रहेकै समयमा कला क्षेत्रमा आकर्षित गराएको थियो । सो समयमा उनी अहिलेको जस्तो बेजोड कलाकार पक्कै थिइनन् । यसका बाबजुद उनको कmला मोह भने जीवन्त थियो ।
समय र घटनाक्रमसँग संघषै गदैै जाँदा सुप्रिमाका लागि राष्ट्रिय च्याम्पियन बन्ने, अन्तर्राष्टिय प्रतियोगितामा पदक दिलाउने र नाम राख्ने बाटाहरु कठिन बनेका थिए र खेल जीवनका उनका लक्ष्य प्रशिक्षण र रेफ्रीतर्फ आकर्षित भएको थियो । अहिले चौथो डानका उनी राष्ट्रिय रेफ्रीसमेत हुन् । ग्रेडिङ गर्दै जाने, रेफ्रीको भूमिकामा पनि अघि बढ्ने नयाँ बाटो उनले तय गरेकी हुन् ।
सामान्य मोडलिङ र सर्ट मुभीमा सक्रिय उनले ४ वर्षअघि कलाको वास्तविकता बुझ्न थालेकी हुन् । सन् २०१९ मा लेखिएको कथा नगाइएको गीतमा अभिनय गर्दै नाट्य क्षेत्रमा आफूलाई समर्पित गरेकी थिइन् । त्यसपछि कोरोना महामारीका कारण समाजका धेरै कुरा ठप्प भए जस्तै उनको जीवन र पेसालाई पनि ठप्पजस्तै बनाएको थियो ।
पछिल्लो समय सुप्रिमाका लागि हल्का फुल्का र सस्तो मनोरञ्जन दिलाउने कुरामा कुने सुरुची छैन । कलाको शिक्षासमेत लिएर आएकी उनी कुनै कुरामा सक्रिय हुनुअघि पात्रको रूपमा आफूलाई समाहित गराउनसमेत केही समय लाग्ने गरेकी थिइन् ।
यसले नै सुप्रिमाको अभिनय जीवन्त बनाउने गरेको छ । सुप्रिमाको आफ्नै युट्युब च्यानल सुपिमा क्रिएसनका उत्पादन टेलिसिरियल कान्छी आमा र परदेशीको कथा साच्चै स्तरीय छन् । नेपाली समाजको तीतो यथार्थ झल्काउने किसिमका छन् । कान्छीआमाको उनी निर्देशकसमेत हुन् ।
नाटकमा भने उनले अझ धेरै मिहिनेत गर्नु परेको छ । १ महिनामा रिहर्सल, दर्शकको अगाडि प्रत्यक्ष प्रस्तुतिका लागि उनी सधैँ तयार हुन्छिन् । नाट्य पात्रलाई बुझेर त्यसै भावमा आफूलाई समाहित गर्न साँच्चै कठिन हो । यसै क्षमता विकास गर्न उनले लामो अभ्यास गरेकी छिन् । थुप्रै नाट्य कक्षामा समावेश भएकी छन् ।
सुप्रिमाको जीवन नै आरोह अवरोहले बितेको छ । बाल्यकाल पनि ललितपुर र रामेछाप गरेर बित्यो । १४ वर्षअघि उनी तेक्वान्दो सिक्न थालेकी थिइन् । यस बीचमा उनी कला क्षेत्रमा पनि आबद्ध भइन् । तथापि उनी आफू तेक्वान्दोकर्मी भएकोमा नै गर्व गर्छिन् ।
आमनेपालीको झैँ उनको पनि अवस्था सामान्य नै हो । यो सामान्य जीवनयापन र बिहान नियमित प्रशिक्षण नै उनको दिनचर्या थिए, जसरी अहिले कलाको ज्ञान प्राप्त गर्नमा बित्छ ।
उनको नाटकका मूल विषय महिला हिंसा बनेको छ । यसै विषयमा उनले खोटाङको बराह पोखरी गाउँपालिकामा नाटक प्रदर्शन गर्न पुगेकी थिइन् । उनको यो अभियानमा निर्देशक पुर्खा जित राईको भूमिका महत्वपूर्ण छँदै थियो ।
हरेक व्यक्तिको जिवन सिंगो उपन्यासभन्दा बढी हो । सुप्रिमाका जीवनका पनि धेरै अध्याय छन् । बीचको समय व्यापारमा सक्रिय उनको व्यापारिक सपना कोरोना महामारीले छताछुल्ल पारेको थियो ।
यसले उनलाई केही समय निराश बनाएको थियो । परन्तु मानसिक रूपमा अँझ बढी बलियो बनाएको थियो । ब्युटिसनको अध्ययनसँगै उनका लागि जीवनका थप पिकल्पसमेत थपिएको छ । यी धेरै विकल्प मध्ये कला क्षेत्र उनका लागि विशेष हो । समकालीन नेपाली कला क्षेत्रमा सुप्रिमा क्रिएसनमा देखिने सुप्रिपाको कलाले जो कोहीलाई पनि साच्चै लठ्ठ पार्न सक्छ । जुन कलामा जीवन हुन्छ । मानिसलाई बाँधेर राख्न सक्छ । अपेक्षा गरौ सुप्रिमा क्रिएसनका हरेक उत्पादन त्यसै गरी सफल हुँदै जानेछन् ।
‘यो कस्तो जिन्दगी’ र ‘भैरे’ सेरियलमा उनले आफूलाई राम्रो कलाकारको रूपमा प्रस्तुत गरेकी छन् । ‘यो कस्तो जिन्दगी’ ध्रुव राईको निर्देशनमा बनेको हो भने ‘भैरे’ दीपक लामाको कथा र निर्देशन छ ।
प्रतिक्रिया