सौर्यकर्मी रोकायासहित पाँच जना पत्रकार सम्मानित

मुगु । अन्तराष्ट्रिय युवा दिवको अवसरमा मुगुमा सौर्यकर्मी नन्दबहादुर रोकायासहित पाँच जना पत्रकार सम्मानित भएका छन् । २५औँ अन्तराष्ट्रिय युवा दिवस सप्ताह व्यापी कार्यक्रमको आयोजना गरी बिहीबार एक औपचारीक कार्यक्रमको आयोजना गरी सिडिएस पार्क नामक संस्थाले पाँच जना पत्रकारलाई सम्मान गरेको हो ।

जिल्लामा लामो समयदेखि पत्रकारीता गरेका र विशेष गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार, युवा, बालविवाह, छाउपडी प्रथालगायतका सवालमा कलम चलाई रुपान्तण क्षेत्रमा योगदान पुर्याएको भन्दै सौर्यकर्मी रोकायासहित राससकर्मी नृर्पेन्द्र बहादुर मल्ल, अन्नपुर्णकर्मी जीवन सेजुवाल, सुनौलो नेपालकर्मी सनत हमाल र नागरिक पत्रीकाकर्मी सर्जन शाही सम्मानित भएका हुन् ।

कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुको आयोजनामा र सोरु गाउँपालिका मुगु र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्को समन्वयमा सोरु गाउँपालिकाको सोरुकोटमा २५औँ अन्तराष्ट्रिय युवा दिवस शप्ताब्यापी सप्ताह व्यापी कार्यक्रमअन्तर्गत महिला तथा पुरुष देउडा कार्यक्रमको आयोजना गरी युवा दिवस भव्यरुपमा मनाइएको थियो ।

साथै, २५औँ अन्तराष्ट्रिय युवा दिवस सप्ताह व्यापी कार्यक्रमको अवसरमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार, युवा, बालविवाह, छाउपडी प्रथालगायतका सवालमा कलम चलाई रुपान्तण क्षेत्रमा योगदान पुर्याएका पाँच जना पत्रकारलाई सम्मान गरिएको कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुका कार्यकारी निर्देशक अजबहादुर शाहीले बताए ।

उनले युवा दिवसको अवसरमा युवा उद्यमीलाई पनि सम्मान गरिएको बताए । सौर्यकर्मी रोकाया मुगु जिल्लामा बसी विगत ११ वर्षदेखि पत्रकारीता गर्दै आएका छन् । सम्पूर्ण विधमा समचार लेख्न दखल राख्न सक्ने पत्रकार रोकाया सौय दैनिक पत्रिकासँगै हिमालय टेलिभिजनमा पनि मुगुबाट रिर्पोटिङ गर्दै आएका छन् ।

प्रतिक्रिया