हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विभागीय मन्त्री र प्रमुख सचिवसंग कार्य सम्पादन करार सम्झौता गरेका छन् । आइतबार प्रदेश सुशासन कार्यालयको सभाहलमा मुख्यमन्त्री लामाले विभागीय मन्त्रीहरु र प्रमुख सचिवसंग कार्य सम्पादन करार गरेका हुन् ।
चालु आर्थिक वर्ष २०८१–०८२ का लागि मन्त्रालयहरुबाट सम्पादन हुनुपर्ने कार्यहरु र जिम्मेवारी सहितको कार्यसम्पादन करार सम्झौतामा मन्त्रीहरुले चालु आवमा गर्नुपर्ने कामहरु, कार्ययोजना, समयसीमा, प्रक्रिया तथा कानुनी विषयहरु उल्लेख गरिएको छ । कार्यसम्पादन करार सम्झौता गर्दै मुख्यमन्त्री बहादुर सिंह लामाले नागरिकलाई सुशासनको प्रत्याभूति दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् ।
सुशासनका विषयमा गम्भिर हुनुपर्ने मुख्यमन्त्री लामाले सेवा प्रवाहका विषयमा गुनासोरहित काम गर्न विभागीय मन्त्रीहरुलाई निर्देनश दिए । मुख्यमन्त्री लामाले नागरिको चरम निराशालाई सम्बोधन गर्न जिम्मेवार ढंगबाट कार्य सम्पादन गर्न र व्यवस्थापकीय विषयमा गम्भिर हुन आग्रह गरे ।
पछिल्लो समय विभिन्न कोणबाट प्रदेश संरचनाको टिकाटिप्पणी भइरहेकाले त्यसलाई व्यवस्थापन गर्न गम्भिर हुन जरुरी रहेको उनले औल्याए । कार्य सम्पादन मुल्यांकन पछी मन्त्रीहरुको मार्किङ हुने भन्दै उनले प्रदेश सरकारले मन्त्रीहरुको प्रगति समिक्षा गर्ने र सोही अनुसार अंक वितरण गर्ने बताए । प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीले मुख्यमन्त्री र मन्त्रीबीचको कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम र योजनाको प्रगतिको अनुगमन गर्न सहज हुने बताए ।
कार्यसम्पादन सम्झौतापछि प्रदेश सरकारका कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने उनको भनाई छ । मुख्यमन्त्री लामाले कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी, भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरी, स्वास्थ्य मन्त्री किरण थापा, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्का, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, र वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालबीच कार्यसम्पादन सम्झौता गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र विना विभागीय मन्त्री मदुकुमार श्रेष्ठसँग सम्झौता हुन बाँकी रहेको छ । मन्त्री महर्जन अस्वस्थताका कारण कारार सम्झौताका अनुपस्थित थिए भने मन्त्री श्रेष्ठले हालसम्म विभागीय जिम्मेवारी पाइसकेका छैनन् ।
मकवानपुर
प्रतिक्रिया