मुगु । मुगु छायाँनाथ रारा नगरपालिका वडा न १ स्थित अल्का साँघु भन्ने स्थानमा नगरपालिकाले अस्थायी साँघु बनाएको छ । सोमबाट छायानाथ धामबाट फर्कदै गरेका तिर्थयात्रु मध्य ८ जना उक्त स्थान भएर बगेको गमगाढ खोला माथी लगाइएको लाप्कोबाट खसेपछी मंगलबार नगरपालिकाले २ वटा लाप्का लगाएको हो ।
छायानाथ रारा नगरपालिका वडा १ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार वडाको पहलमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, नगरप्रहरी र वडा न १ श्रीनगर र घाँट गाउका स्थानीयहरुको सहयोगमा २ वटा काठका लाप्का लगाइएको छ ।
अध्यक्ष मल्लले भने, ‘सोमबार विहान स्थानीयहरुले काठको एउटा लाप्को लगाएपनि सानो र हिडन साघुरो लाप्को भएकाले तिर्थयात्रुहरु नदीमा खसे त्यसैले सबैको सहयोगमा आज फराकिला र मोटरसाइकल पनि गुड्न मिल्ने २ वटा लाप्का लगाएका छौँ ।’
काठका २ वटा लाप्का लगाउन प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, प्रहरी नायव निरीक्षक विरेन्द्र थापा, शसस्त्र प्रहरी नायव उपरिक्षक नवराज विक्रम कुँवर पनि पुगेका थिए ।
गमगढी–नाक्चेलाग्ना सडक अन्तरगत पर्ने यो खण्डमा सडक डिभिजन कार्यालयले ठेक्का खोलेर पक्की पुल लगाउन काम शुरु गरेपनि कछुवा गतिमा काम भइरहेको छ । जसले गर्दा स्थान्ीयलाई आवत जावत गर्न समस्या भइरहेको छ ।
छायाँनाथ रारा नगरपालिका १, १०, ११ र १२ वडाका वस्तिहरु र सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिकाका बासिन्दा यहि खोला भएर आवत–जावत गर्ने गर्छन ।
सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउँका युवाहरु, नेपाल प्रहरी र नगरप्रहरीले उद्दार गरेका थिए । उद्दार गरिएका मध्य ३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार गरिएको थियो ।
छायाँनाथबाट फर्कदै गरेका तिर्थ यात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जना तिर्थ यात्रुको विहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउका युवा रामराज मल्लसहित अन्य युवा तथा प्रहरीहरुले उद्दार गर्दै गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सन्जालमा भाइरल हुँदा स्थानीय सरकार ,कर्णाली प्रदेश सरकार र संघीय सरकारको चर्को आलोचना भइरहेको छ ।
खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्दराज मल्ल, धर्मराज बिक, बिष्ण बिक, सञ्जु बिक, पिउली सरा बिक र एक जना नाम नखुलेका अर्का युवा सहित ८ जना गमगाढ खोलामा खसेका थिए ।
मुगु
प्रतिक्रिया