सिमकोट । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया