सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरुका दुई वर्षीय छोरा शिभम परियार रहेका छन् ।
उनीहरु भूकम्प पीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेको नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।– रासस
प्रतिक्रिया