बागमतीको मुख्यन्यायाधिवक्तामा काफ्ले नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यन्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

दोलखाको तामाकोसी गाउँपालिका–३ निवासी काफ्ले २५ वर्षदेखि कानुन व्यवसायीको रूपमा कार्यरत छन् । काफ्लेले यसअघि पूर्व कानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्व महिला तथा समाज कल्याण मन्त्री लिला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन् ।

नेपाल बार एसोसिएसनको सदस्यसमेत रहेका काफ्लेले नेपाल बार एशोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरेका छन् ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया