रौतहट । जिल्लाको गौर नगरपालिका– १ मा निर्माण हुने कृषि तथा पशु सेवे केन्द्र भवनको शुक्रबार शिलान्यास गरिएको छ । नेपाल सरकारको कृषि उद्यम तथा आर्थिक विकास आयोजनाको आर्थिक सहयोगमा निर्माण हुने कृषि तथा पशु सेवा केन्द्र भवनको नगरप्रमुख शम्भु साह कानुले शिलान्यास गरेका हुन् ।
स्थानीय कृषकहरुलाई आधुनिक प्राविधिक सुविधासहितको सेवा दिने उदेश्यले कृषि तथा पशु सेवा केन्द्र भवनको निर्माण गर्न लागिएको नगरप्रमुख साहले बताए । कृषि ल्याब र पशु ल्याब, सेमिनारसहितको १० कोठे साढे दुई तले निर्माण हुने भवनको गर्ने ठेक्का सिएम कन्ट्रक्सन जोरपाटी काठमाडौंले लिएको उनले बताए ।
आगामी वर्ष २०८२ वैशाख ३० गतेसम्म निर्माण कार्य सम्पन्न गरिने भवनको बजेट २ करोड ४० लाख ४९ हजार ५२३ रुपैयाँ भ्याट एण्ड पिएससहित रहेको छ । भवन निर्माण भएपछि स्थानीयले कृषितर्फ माटोको परिक्षण, पोखरीको पानीको परिक्षण, खाद्य सामग्रीको परिक्षण तथा पशुतर्फ पशुको डिजिटल एक्सरे, पशुको परिक्षण जस्ता कार्य सञ्चालन हुने नगरप्रमुख साहले बताए ।
भारतबाट नेपालमा आयात हुने खाद्य सामग्रीको परिक्षणसमेत गर्न सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले बताए । भवन शिलान्यास कार्यक्रममा नगर उपप्रमुख शैल देवी साह, वडाध्यक्ष लालबाबु चौधरी, विनोद चौधरी, शिवशंकर यादव, हरिशंकर पाण्डे लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।
रौतहट
प्रतिक्रिया