मुगु । समुदायको संलग्नतामा मुगु कर्णाली नदीको जलचर तथा जैविक विविधताको संरक्षण परियोजनाअन्तर्गत युएसआईडी जल जंगल परियोजना लागु भएको छ । युएसआईडी जल जल जंगलको आर्थिक र हिरिसडेक नेपालको प्राविधिक सहयोगमा मुगु कर्णाली नदीभित्र रहेका जलचर तथा जैविक विविधता संरक्षणका लागि जिल्लाका तीन स्थानीय तहमा यो कार्यक्रम लागु भएको हो ।
समुदायमा आधारित जलचर र जैविक विविधता संरक्षणका लागि मुगु कर्णाली वारीपारी बसोबास गर्ने सुमदायको क्षमतामा सुधार सामुदयिक जलचर संरक्षण समूह गठन र उनीहरुको दर्ताका लागि कानुनी तयारी पूरा गर्दै मुगु कर्णालीमा रहेका जलचर र जैविक विविधता संरक्षणका लागि समुदायहरु परिचालन र संगठित हुनका लागि युएसआईडी जल जंगलको आर्थिक र हिरिसडेक नेपालको प्राविधिक सहयोगमा यो परियोजना लागु भएको परियोजना अधिकृत मेरीना राना मगरले जानकारी दिइन् ।
हिरिसडेक नेपालका कार्यकारी अधिकृत शिवचन्द्र कार्कीले यो कार्यक्रम जिल्लाका छायाँनाथ रारा नगरपालिका, मुगुम कार्मारोङ र सोरु गाउँपालिकाको मुगु कर्णाली वारीपारी रहेका १२ समुदायमा र यि तीन पालिकामा साउनदेखि मंसिरसम्म लागु हुने बताए ।
साथै, परियोजनाले पालिकास्तरमा जलचर एंव जलीय जैविक विविधता संरक्षण ऐन निर्माण गरी वातावरण संरक्षण विधेयक तयारी गर्नका लागि सम्बन्धित पालिकालाई सहजीकरण गर्दै वातवरणीय अपराधलाई रोकेर प्राकृति श्रोतहरुको सुरक्षा गर्दै रारा राष्ट्रिय निकुञ्जभित्रको फोहोर अडिट र व्यवस्थापन रारा आउने आगन्तुकहरुले फालेका फोहोरको अडिट प्रणालीलाई दिगोपज गर्ने परियोजनाको मुख्य उदेश्य रहेको कार्यकारी निर्देशक कार्कीले बताए ।
मुगु
प्रतिक्रिया