सिरहा । सिरहामा वन रक्षक टोलीले साल प्रजातीको चिरान काठ बरामद गरेको छ । जिल्लाको कर्जन्हा नगरपालिका– १ उत्तरायणीबाट अवैध रूपमा कटान गरी ल्याएको सात थान चिरान काठ बरामद गरेको हो ।
सबडिभिजन वन कार्यालय बन्दिपुरबाट खटिएको टोलीले वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याएको विभिन्न साइजको सात थान चिरान काठ बेवारिसे अवस्थामा बरामद गरेको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।
बरामद काठ डिभिजन वन कार्यालय लहामा पठाइएको छ । बन्दीपुर सबडिभिजनका प्रमुख अधिकृत देवेन्द्र पासवानसहित वनरक्षक प्रदीपकुमार सिंह, कारीराम ठाकुर, धर्मदेव यादव, देवकुमार साहलगायतको टोलीले चिरान काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानले जनाएको छ ।
त्यस्तै, सिरहाको गोलबजार नगरपालिकाको गागन खोलाबाट नदीजन्य पदार्थ संकलन गरि ल्याइदै गरेको एक ट्र्याकटर सब डिभिजन वन कार्यालय , गोलबजारले नियन्त्रणमा लिएको छ ।
कानुनी रूपमा खोला बन्द भएको समयमा बिना कुनै पुर्जी प्रमाण नदीजन्य पदार्थ संकलन गरि ल्याइदै गरेकोले ट्र्याकटर नियन्त्रणमा लिएको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको डिभिजन बन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया