चीन र नेपाल सीमा जोडिएका स्थानीय प्रमुखहरूबीच भेटवार्ता

मुगु । चीन र नेपाल सीमानाका जोडिएका स्थानीय प्रमुखहरूबीच भेटवार्ता भएको छ । चीनको ह्यजिमारमा चलिरहेको हाटबजारमा मुगुम कार्मारोङ गाउपालिका प्रमुख र चिनका नाका हेर्ने प्रमुखबीच भेटवार्ता भएको हो ।

शनिबार (१० अगष्ट २०२४) मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामा र मुगु, डोल्पा, हुम्ला हेर्ने चिनियाँ अधिकारी सुचिबीच वान टु वान भेटवार्ता भएको टोलीमा सहभागी मुगम कार्मारोङ गाउँपालिकाका सूचना तथा प्रविधी अधिकृत सोबेन्द्रबहादुर मल्लले जानकारी दिए ।

सूचना अधिकृत मल्लका अनुसार भेटवार्तामा पालिका प्रमुखले नाग्चेलाग्ना नाका चीन र नेपालको परम्परागत नाका भएकाले सिमासम्म दुवै देशले सडक पुर्याइ यहाँ आवश्यक रहेका पूर्वाधार बनाई दुवै देशका जनतालाई सहज बनाउन स्थायीरुपमै नाका खोल्न आफूहरू नेपाल सरकारसँग पहल गर्ने बताउँदै चिनियाँ प्रमुखहरुलाई पनि चिनियाँ सरकारसँग पहल गर्ग प्रस्ताव गरेका थिए ।

सीमानाका हेर्ने स्थानीय चिनियाँ अधिकारी सुचिले पालिका प्रमुखको प्रस्तावलाई स्वीकार गर्दै आफूले पनि नेपालसँगको १३ नम्बर पिल्लर रहेको चिनियाँ नाकासहित अन्य नाका स्थायीरुप मै खोल्न र सडकलगायत अन्य पूर्वाधार बनाउन पहल गर्ने प्रतिवद्धता गरेको पनि सूचना प्रविधी अधिकृत मल्लले जानकारी दिए ।

मुगुम कार्मारोङ गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामासहितको नेपालको टोली शनिबार चीनको ह्यजिमार पुग्दा चिनियाँ सीमा अधिकारी सुचिसहितको टोलीले टसि खातासहित चिनियाँ परम्परा अनुसार स्वागत गरेका थिए । कोरोनाको समयदेखि पाँच वर्ष बन्द रहेका नेपाल र चीनका ८ परम्परागत नाका यो वर्ष चीनले १५ दिनका लागि खोलिदिएको छ ।

१५ दिनको यो अवधीमा चीनले सीमानाकामा हाटबजार लगाएको छ । सो हाटबजार साउन १७ गतेबाट सुरु भई ३१ गतेसम्म चल्नेछ । चीनको भू–भाग ह्यजिमारसम्म समथल रहेकाले सवारीसाधनहरू नाकासम्मै आउने गर्दछन् । तर, मुगु जिल्ला सदरमुकाम गमगढीबाट नाग्चेलाग्नासम्म रहेको ८७ किलोमिटर सडक दुरीमध्ये १७ किमि मात्र ट्र्याक खोलिए पनि बाँकी दुरि पैदलै पार गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया