जनकपुरधाम । नैना हस्पिटलले निःसन्तान दम्पतीका लागि एकदिने शिविर आयोजन गरेको छ । जनकपुरधाममा शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै नैना हस्पिलका सञ्चालक डा.बृजमोहन रजकले निःसन्तान दम्पतीका लागि एकदिने निःशुल्क शिविर सञ्चालन गरिएको जानकारी दिए । सो शिविरमा १०० भन्दा बढी दम्पतीले स्वास्थ्य चेकजाँच गरी सेवा लिएको उनले बताए । अधिकांश चेकजाँच गराउन आउने दम्पतीलाई निःसन्तानको शंका लागेको र स्थानीयस्तरमा १०० जनामा एकाधमा सो समस्या रहने गरेको पाइएको उनले बताए ।
उनले अधिकांश निःसन्तान रहेको भनी शंका लागेको दम्पतीलाई काउन्सिलिङ गरी जनचेतना जागृत गराएको बताउँदै सञ्चालक डा.रजकले प्रायःमा धार्मिक अन्धविश्वासका कारण स्वास्थ्य उपचारको साटो धामीझांक्री र बाबा कहाँ गएर सन्तानका लागि हारगुहार गर्ने मनोवृत्ति देखिएकोले स्थानीयस्तरमा बाँझोपनाको समस्या देखिएको बताए ।
प्रतिक्रिया