पाँचथर । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) पाँचथरले आफ्नो रजत जयन्तीमा विद्यार्थी बालवालिकालाई सहयोग गरेको छ । फिदिम २ ओदिन स्थित आदर्श आधारभुत विद्यालयका आवासीय बालवालिकालाई फोनिज पाँचथरले आइतबार सहयोग गरेको हो ।
फोनिज पाँचथरले आफ्नो स्थापनाको २५औं वर्ष प्रवेश गरेको अवसरमा शैक्षिक सामग्रीका साथै खाद्यान्न सहयोग गरेको जनाएको छ ।
‘फोनिजको अभियान सञ्चारमा पहिचान’ भन्ने नारालाई समेत प्रवद्र्धन गर्दै शैक्षिक सेवामा पनि योगदान गर्ने आफूहरुको उद्देश्य रहेको फोनिजका बिजयबोध लावतीले बताए ।
फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसीङग नेम्बांङ, फोनिजकर्मी रामचन्द्र बंमजन, उपेन्द्र येक्तेन, सुवास राई, इवारा जवेगु मौसम सम्बाहाम्फे, चित्रकला लिम्बु लगायतले सहयोग हस्तान्तरण गरे ।
फोनिज पाँचथरले एक एक बोरा चामल, चिउरा, दुइ कार्टन चाउचाउ, एक कार्टन तेल, दुई दर्जन कापी, ६ दर्जन पेन्सिल, ५ दर्जन र कलम सहयोग गरेको हो ।
किन्जलले पनि सहयोग गर्दै जन्मदिन मनाइन्
यसैगरि आजै दिन फिदिमको विद्या बरदान बोर्डिङ स्कुल कक्षा पाँचमा अध्ययनरत किन्जल थपलियाले यहाँका बालबालिकालाई सहयोग गर्दै जन्मदिन मनाएकी छिन् । चार चार थान फाइबर सिरक, म्याट, ६ थान तन्ना, ६ दर्जन विस्कुट, १ दर्जन नुहाउने सावुन, १ कार्टन चाउचाउ सहायोग गर्दै किन्जलले जन्म दिन मनाएकी हुन् ।
समाजसेवी बुबा कमल थपलिया र आमा मञ्जु आचार्यसंग विद्यालय पुगेकी किन्जलले केक काटेर आवसीय विद्यर्थाीका साथै स्थानीय अभिभावकसंग जन्मोत्सवको खुसी साटिन् । आफुहरु जस्तै साना बालबालिका पढिरहेको विद्यालयलाई सहयोग गर्दै जन्म दिन मनाउन पाउदा धेरै खुसी लागेको किन्जलले सुनाइन ।
सहयोग गर्ने फोनिज, किन्जल र उनको परिवारप्रति विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवि तुम्बापो र आवासीय कक्षा सञ्चालक समिति संयोजक गंगा ईंवा लिम्बुले धन्यवाद व्यक्त गरे ।
यसअघि प्रेस सेन्टर पाँचथर, पद्यसुन्दर लावती स्मृति प्रतिष्ठान, जनसेवा समाज पाँचथर, जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्था र व्याक्तिबाट पनि यहाँको आवासीय विद्यालयलाई सहयोग प्राप्त भएको छ । आदर्श आधारभुत विद्यालयको आवासीय कक्षामा विभिन्न ठाउँका २० जना अनाथ असहाय बालबालिका अध्ययनरत रहेका छ ।
प्रतिक्रिया