वडा कार्यालयको लागि जग्गा दान दिने साहको प्रतिवद्धता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ को वडा कार्यालय निर्माणका लागि स्थानीयले २५ लाख रुपैयाँभन्दा बढीको जग्गा दान दिने प्रतिवद्धता गरेका छन् । देवाही गोनाही नगरपालिका–९ को प्रशासनिक भवन निर्माणका लागि स्थानीय समाजसेवी तथा पूर्वप्रअ रामपुकार प्रसाद साहले करिब २५ लाख रुपैयाँभन्दा बढी मूल्य पर्ने २ कट्ठा जग्गा दान दिने प्रतिवद्धता गरेका हुन् । मंगलबार वडा कार्यालयमा आयोजना गरिएको वडा भेलामा साहले उक्त जग्गा निःशुल्क प्रदान गरिने प्रतिवद्धता जनाएको वडा अध्यक्ष वीरबहादुर साहले जानकारी दिए ।

धरहरीमा रहेको पुरानो वडा कार्यालय आधि भाग सार्वजनिक बाटोमा र आधि भाग व्यक्तिको जग्गामा परेपछि नयाँ भवनको आवश्यकता परेको वडा अध्यक्ष साहले भने । स्थानीयको मागपश्चात् साहले आफ्नो नाम स्थापित गराउनका लागि निःशुल्कमा जग्गा दान गरिने बताए । यस आर्थिक वर्ष २०८१÷०८२ को लागि योजना छनौट कार्यक्रममा स्थानीयहरूले वडा कार्यालयको लागि जसरी भए पनि बजेट छुट्टाउनुपर्छ भनिरहँदा सोही माजमा समाजसेवी साहले जग्गा उपलब्ध गराउने प्रतिवद्धता गरे ।

प्रतिक्रिया