नयाँ दिल्ली । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनासहित यही साता गत सोमबार भारत पुगेकी हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।
आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजिनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका छन् । हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छाड्ने तरखरमा रहेको स्रोत जनाएको छ ।
बंगलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको संख्या दुई अंकमा छ । उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उनले नेतृ हसिनासहितको टोलीको व्यवस्थापन गरेका थिए ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहिबार साँझ नै शपथ ग्रहण गर्ने बंगलादेश सेना प्रमुख जनरल वाकर–उज–जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ ।
अन्तरिम सरकारमा १५ जना सदस्य हुन सक्ने संकेत गर्दै जमानले अब बंगलादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन–चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे । उनले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताएका छन् ।– रासस, एजेन्सी
प्रतिक्रिया