मुम्बई । अजय देवगन अभिनीत बलिउड फिल्म ‘और मे कहाँ दम था’ ले बक्सअफिसमा कमजोर सुरुआत गरेको छ । यस फिल्मले ५ दिनमा नेट ८ करोड ६५ लाख भारतीय रुपैयाँ कमाएको हो । गत शुक्रबार रिलिज भएको यस फिल्मले पहिलो दिन १ करोड ८५ लाख भारुको ओपनिङ गरेको थियो । त्यसैगरी शनिबार फिल्मले २ करोड १५ लाख भारु कमाएको थियो । आइतबार बिदाको दिन फिल्मले २ करोड ७५ लाख कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सोमबार १ करोड कमाएको यस फिल्मले मंगलबार भने ९० लाख मात्रै कमाइ गरेको छ ।
बक्सअफिसमा खासै कमाल गर्न नसक्दा यस फिल्मले एक सातामा १० करोडको मात्रै आँकडा पार गर्ने देखिन्छ । अजयसहित तब्बु मुख्य भूमिकामा रहेको यस फिल्मको समीक्षा र माउथ पब्लिसिटी राम्रो छैन । १०० करोड भारुमा बनेको लगानी उठाउन सक्ने अवस्था छैन । नीरज पाण्डे निर्देशित यो फिल्म एक्सन, रोमान्स ड्रामा जनरामा बनेको हो । फिल्ममा अजय र तब्बुसहित जिमी शेरगिल, सई मांजरेकर र शान्तनु महेश्वरी मुख्य भूमिकामा छन् ।
प्रतिक्रिया