राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखामा एटीएम सञ्चलनमा, नगर प्रमुखले गरे उद्घाटन

पर्सा । राष्ट्रिय वाणिज्य बैंकले पर्साको पोखरिया नगरपालिका वडा ४ मा रहेको शाखाले एटिएम पनि सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बिच पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानले उक्त एटिएमको उद्घाटन गरेका हुन ।

राष्ट्रिय वाणिज्य बैंक पोखरियाका शाखा प्रमुख बिमल पुडासैनीलेको अध्यक्षतामा भयको कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहान, उपप्रमुख रूबी कुमारी ठाकुर, सूरज चौहान, निरज ठाकुर, पत्रकार , बैंकका कर्मचारी, ग्राहकसहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकका क्यासिएर काउन्टर एन्चार्ज प्रियंक गुप्ताले स्वागत मन्तब्य राखेका थिए । सो एटीएम बिहानदेखि बेलुकासम्म खुला रहने शाखा प्रमुख बिमल पुडासैनीले बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुखले एटिएमबाट अब रकम निकाल्नको लागि बैंकमा लाइन कुरेर बस्नु नपर्ने सुविधा भएको बताए ।

प्रतिक्रिया