राजदेवी नगरपालिकामा हुलाक कार्यालय स्थापना

रौतहट । जिल्लाको राजदेवी नगरपालिका–७ मा सोमबार पालिका हुलाक सेवा कार्यालयको स्थापना गरिएको छ । नेपाल सरकारको एक पालिका एक हुलाक कार्यालय स्थापना गरिने नीतिअन्तर्गत राजदेवी नगरपालिकामा हुलाक सेवा कार्यालयको उद्घाटन गरिएको हो ।

जिल्ला हुलाक कार्यालय रौतहटले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख भिखारीप्रसाद यादव, उपप्रमुख राजकुमारी देवीले संयुक्त रूपमा कार्यालयको उद्घाटन गरेका हुन् । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवको अध्यक्षतामा भएको कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख यादवले जनतालाइ छिटो छरितो सेवा प्रवाह गर्नका लागि नेपाल सरकारले सबै पालिकामा हुलाक सेवा कार्यालय स्थापना गरेकोले सेवाको उपयोग गर्न स्थानीयलाई आग्रह गरे ।

सहायक प्रमुख जिल्ला अधिकारी राम नरेश यादवले चिठी पत्र आदानप्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हुलाक कार्यालय सरकारले सेवा विस्तार गरी सहज रूपमा कार्य सम्पादन गर्नका लागि पालिकास्तरमा कार्यालय खोल्न लागिएको हुँदा सबैले सेवा लिन अपिल गरे । रौतहटको ७ पालिकामा हुलाक सेवा कार्यालय स्थापना गर्नुपर्नेमा दोस्रो पालिकाको रूपमा राजदेवी नगरपालिकामा कार्यालय स्थापना गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवले जानकारी दिएका छन् ।

पहिलो गुजारा नगरपालिकामा पालिका हुलाक सेवा कार्यालय स्थापना गरिएको थियो । कार्यालय उद्घाटन कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ, वडा अध्यक्ष विजय शंकरप्रसाद यादव, राम ईश्वरप्रसाद यादवसहित स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया