‘नक्कले साइँली’ सार्वजनिक

काठमाडौँ । इन्जिनियरिङ पेसासँगै गीत संगीतमा रुचि राख्ने अनिल पौडेलको अभिनय रहेको नयाँ तीज गीत सार्वजनिक भएको छ । गायक तथा सर्जक मोतीराज खनाल र कल्पना विष्टको सहगायनमा ‘नक्कले साइँली’ सार्वजनिक गरिएको हो । गीतको शब्द र संगीत खनाल स्वयमको छ । गीतको भिडिओ सुरज खनालले निर्देशन गरेका हुन् । संगीत संयोजन रमेश सेन्चुरीको छ ।

म्युजिक भिडियोमा पौडेलसँगै भुवन पोखरेल, जुना कार्की र सुबुही शाहीले अभिनय गरेका छन् । संसा फिल्मस् युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । हिन्दू नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा बुधबार गीत सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया