राजर्षि जनक विश्वविद्यालयको निर्वाचनमा ९४ प्रतिशत मतदान

जनकपुरधाम । बिहीबार जनकपुरधामको गौरवको आयोजनाका रूपमा स्थापित राजर्षि जनक विश्वविद्यालय (आरजेयु) को क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पहिलो ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ । मतदान विहान ८ बजेर ४५ मिनेटदेखि बेलुकी २ बजेर ४५ मिनेटसम्म भएको थियो ।


तामझामका साथ ६ वटा बेग्लाबेग्लै दलीय प्यानलसहित भएको मतदानमा कुल ४७५ मतदाता मध्ये ४४४ ले मतदान गरेका छन् । मतदान भएको सो संख्या कुल मतदाता संख्याको ९३ दशमलव ४७ प्रतिशत हो । ६ विद्यार्थी संगठनहरू छुट्टाछुट्टै प्रतिस्पर्धामा रहेको निर्वाचनको नतिजा बिहीबार रातीसम्म आउन सक्ने निर्वाचन अधिकृत उपप्रध्यापक विनोदकुमार कर्णले बताए ।


निर्वाचनमा कांग्रेस निकट नेविसंघबाट सभापतिमा त्रिलोक यादवका साथै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट रविकुमार साह, संयुक्त विद्यार्थी प्यानलबाट श्याम साह, जनमत विद्यार्थी संघबाट सभापतिमा शशिकान्त मण्डल, लोकतान्त्रिक विद्यार्थी संघबाट प्रवेश यादव र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट प्रवास कौशिक (धिताल) नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया