रुकुम पश्चिम । बुधबार दिउँसो कर्णाली प्रदेशको डोल्पाबाट बिरामी ल्याएर आएको एउटा हेलिकप्टर आकस्मिक रुपमा धान खेतमा अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरवालिका–१३, रामघाटमा अवतरण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आकस्मिक रुपमा अवतरण भएको हेलिकप्टोर सुरक्षित रहेको र ती बिरामीलाई रामघाटबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको छ । भने हेलिकप्टर सुरक्षित रुपमा खेतमै रहेको छ । मौसम खराबका कारण आकस्मिक अवतरण गरिएको जनाईएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया