भारतको केरलमा पहिरो जाँदा १ नेपालीसहित कम्तीमा १०६ जनाको मृत्यु

बेंगलुरु । भारतको केरलमा पहिरो जाँदा १ नेपाली बालकसहित कम्तिमा १०६ जनाको मृत्यु भएको छ । पहिलोअघि आएको बाढीमा ४ वटा गाउँ बगाउँदा ८४ जना बेपत्ता भएका छन् । अहिले केरल राज्य विपद् व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली खटिएका छन् । उद्धारमार्फत् कम्तीमा २५० जनालाई बचाइएको अधिकारीहरूले बताएका छन् । केरलाको दक्षिणी तटीय राज्य मुसलधारे वर्षाले त्रसित भएको छ । वायनाड जिल्लाको प्रकोप क्षेत्रमा जाने बाटो अवरुद्ध भएकाले राहत कार्यमा कठिनाइ भएको छ ।

केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भने, ‘हालसम्म १ नेपालीसहित ९३ शव फेला परेका छन् । यो हाम्रो राज्यले देखेको सबैभन्दा खराब प्राकृतिक प्रकोप हो ।’ अन्य १२८ जनालाई उद्धारपछि उपचारका लागि अस्पताल लगिएको उनले बताए । जिल्लाका धेरैजसो बासिन्दा सुतिरहेका बेला बिहानैदेखि लगातार दुइटा पहिरोले जिल्लाका धेरैजसो सम्पदा प्रभावित भएका छन् ।
नेसनल डिजास्टर रेस्पोन्स फोर्सले प्रकाशित गरेका तस्बिरहरूले उद्धार टोलीहरू बाँचेकाको खोजी गर्न र स्ट्रेचरहरूमा शवहरू बाहिर लैजान हिलोमा हिँड्दै गरेको देखाइएको छ । पहिरोले कार, नालीदार फलाम र विपद् स्थल वरपरका अन्य फोहोरहरू छरिएका कारण घरहरू खैरो धुलोले भरिएका थिए ।

भारतीय सेनाले राज्य सुरक्षा बलहरू र अग्निनियन्त्रकहरूलाई खोजी र उद्धार कार्यमा सहयोग गर्न यस क्षेत्रमा दुई सयभन्दा बढी सैनिक तैनाथ गरेको बताएको छ । केरला राज्य मन्त्री एम.बी. राजेशले हालसम्म २५० भन्दा बढी व्यक्तिको उद्धार गरिएको बताएको द हिन्दू पत्रिकाले जनाएको छ ।

उक्त घटनामा घाइते पीडित परिवारले २ लाख रुपैयाँ क्षतिपूर्ति पाउने प्रधानमन्त्री कार्यलायले बताएको छ । केरलामा मंलबार थप वर्षा र तीव्र हावाको पूर्वानुमान गरिएको राज्यको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको छ । पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ ।

प्रतिक्रिया